मतगणनाको 'अपडेट रिजल्ट' वेबसाइटमै हेर्न सकिने
१४ मंसिर २०८१
काठमाडौं
निर्वाचन आयोगले आसन्न स्थानीय तह सदस्य उपनिर्वाचनको मतगणनाको अपडेट रिजल्ट (अद्यावधिक परिणाम) वेबसाइटमार्फत् हेर्न सकिने व्यवस्था मिलाएको छ।
मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि निर्वाचन आयोगको निर्वाचनसम्बन्धी आधिकारिक वेबसाइट www.result.election.gov.np लगइन गरी अपडेट लिन सकिने आयोगले जानकारी दिएको छ।
१६ गते अर्थात् आउँदो आइतबार नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ। आइतबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा संकलन भएपश्चात् मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया