७ चिनियाँ गाउँलाई राष्ट्रसंघीय 'उत्कृष्ट पर्यटन गाउँ' को पुरस्कार
चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भूमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमूलक गाउँहरू हुन्।
बेइजिङ, चीन।
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका ७ वटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको बेइजिङस्थित संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। बेइजिङको स्थानीय समय अनुसार अघिल्लो शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसंघीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो।
पुरस्कृत हुनेमा युनानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन्। चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भूमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमूलक गाउँहरू हुन्।
उदाहरणका लागि युनेस्कोको विश्व सम्पदास्थल होङ्गे हानी राइस टेरेसको मध्यविन्दुमा अवस्थित युनानको आझेके गाउँले पर्यटन विकासका लागि उल्लेखनीय कार्य गरिरहेको जनाइएको छ। आझेके गाउँका वासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैली जस्ता स्रोतमार्फत् पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन्।
ग्रामीण पर्यटन प्रवर्द्धन गर्न राष्ट्रसंघीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गरेको थियो। यस परियोजनाले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ।
प्रतिक्रिया