५ जनालाई जोखिमपूर्ण पत्रकारिता पुरस्‍कार !

विश्‍वमै पहिलोपटक वनजंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोक्कि‍एर श्री एयरलाइन्सको हेलिकोप्‍टर दुर्घटना भएको थियो। दुर्घटनामा भूगोलविद्‌ डा. हर्क गुरुङ सहित वन र वातावरण क्षेत्रका विज्ञहरू लगायत २४ जनाको निधन भएको थियो। उनीहरूको सम्झनामा असोज ७ गतेलाई राष्‍ट्रिय संरक्षण दिवसको रूपमा मनाउँदै आइएको छ।

५ जनालाई जोखिमपूर्ण पत्रकारिता पुरस्‍कार ! इजरायलमा कान्‍तिपुरकर्मीहरू बायाँबाट श्‍याम श्रेष्‍ठ, प्रकाशचन्‍द्र तिमिल्‍सेना र होम कार्की

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्‍ठान शाखाले यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार युद्धग्रस्त मुलुक प्‍यालेस्‍टाइनमा पुगेर स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी र दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गर्ने नेपाल टेलिभिजन (एनटीभी) कोहलपुरका पत्रकार टोलीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्‍ठान शाखाले गठन गरेको पुरस्कार विजेता छनोट समितिको शुक्रबार बसेको बैठकले हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार संयुक्त रूपमा दिने निर्णय गरेको हो। यो पुरस्कारको राशि एक लाख रूपैयाँ छ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) आबद्ध पत्रकार होम कार्की, भिडियोपत्रकार श्याम श्रेष्‍ठ र फोटोपत्रकार प्रकाशचन्द्र तिमिल्‍सेनाको टोलीलाई इजरायल र प्यालेस्‍टाइनी विद्राही लडाकु हमासबीचको युद्धको स्थलगत रिपोर्टिङ गर्न पठाइएको थियो। 

टोलीले इजरायल र गाजा क्षेत्रको सीमा क्षेत्र (फ्रन्टलाइन) मा पुगेर कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजनकाठमान्‍डु पोष्‍टका लागि समाचार संकलन तथा प्रशारण गरेको थियो। इजरायल र हमासबीच युद्ध सुरु भएको सातौं दिनमा कान्तिपुरकर्मी इजरायल पुगेको थियो।

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पाउनेमा एनटीभी कोहलपुरका रिपोर्टर दुर्गा भट्ट र क्यामेरापर्सन विपिन श्रीवास्तव पनि रहेका छन्। उनीहरूले दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गरेका थिए। 

विश्‍वमै पहिलोपटक वनजंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोक्कि‍एर श्री एयरलाइन्सको हेलिकोप्‍टर दुर्घटना भएको थियो। दुर्घटनामा भूगोलविद्‌ डा. हर्क गुरुङ सहित वन र वातावरण क्षेत्रका विज्ञहरू लगायत २४ जनाको निधन भएको थियो। उनीहरूको सम्झनामा असोज ७ गतेलाई राष्‍ट्रिय संरक्षण दिवसको रूपमा मनाउँदै आइएको छ। सो हेलिकप्‍टर दुर्घटनामा निधन भएका नेपाल टेलिभिजनका तत्‍कालीन पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको संयुक्‍त स्मृतिमा पुरस्कार स्थापना गरिएको हो।

सोमबार हुने हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्‍कार वितरण कार्यक्रमको तयारी हुँदै गर्दा प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवको अवसर पारी आइतबार भने राष्‍ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा केएमजीका उपरोक्‍त तीनजनै पत्रकारलाई प्रेस काउन्‍सिल सशक्‍त सञ्‍चारकर्मी पुरस्‍कारबाट सम्‍मान समेत गरियो। युद्धग्रस्‍त क्षेत्र प्‍यालेस्‍टाइनमा ज्यानलाई जाखिममा राखेर गरेकाे रिपोर्टिङको मुल्याङ्‍कन गरी राष्‍ट्रपति रामचन्‍द्र पौडेल, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री पृथ्‍वीसुब्‍बा गुरुङ र प्रेस काउन्‍सिल अध्‍यक्ष बालकृष्‍ण बस्‍नेतको हातबाट सो पुरस्‍कार प्रदान गरिएको हो।