उपासना २६ औं वसन्‍तमा !

उपासना २६ औं वसन्‍तमा !

बिहीबारदेखि रिलिज भएको 'खुस्‍मा' चलचित्रकी नायिका उपासना सिंह ठकुरी शुक्रबार २६ औं वसन्‍तमा प्रवेश गरेकी छिन्‌। काठमाडौंमा आयोजित जन्‍मोत्‍सव कार्यक्रममा केक काटेर जन्‍मदिन मनाउने क्रममा उनीसँग नायक धिरज मगर, निर्देशक अशोक थापा मगर लगायतको 'खुस्‍मा' टिम रहेको थियो। २० सेप्‍टेम्‍बर १९९८ मा दार्चुलामा जन्‍मेर धनगढी हुँदै काठमाडौंमा हुर्केकी उपासना सिंह मोडलिङ क्षेत्रबाट सिने जगतमा प्रवेश गरेकी हुन्‌।

गएको १० तारिखका दिन धिरजले 'खुस्‍मा' को ट्रेलर सार्वजनिकीकरण कार्यक्रमको अवसर पारी कमलपोखरीस्‍थित बिग मुभिज सिटी सेन्‍टरमा आफ्‍नो २९ औं जन्‍मदिन मनाएका थिए।