चिटिङ ग्‍याजेट !

चिटिङ ग्‍याजेट !

एसईई परीक्षा अन्‍तर्गत तेस्रो दिन गणित विषयका लागि आइतबार रुकुमपुर्व पुथा उत्तरगङ्‌गा गाउँपालिकाको केन्‍द्र तकसेरास्‍थित महेन्द्र मावि केन्‍द्रको परीक्षा हलमा सहभागी हुनुअघि परीक्षार्थीबाट जफत गरिएका मोबाइल नियाल्‍दै गाउँपालिका उपाध्‍यक्ष भूपेन्‍द्रा बुढा। चिटिङ प्रयोजनका लागि परीक्षार्थीबाटै परीक्षा हलमा भित्र्‌याउन लागिएका मोबाइल सुरक्षा गार्डबाट खानतलासीका क्रममा जफत गरिएका हुन्‌। पुथा उत्तरगङ्‍गा गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि छुट्‍याएको कुल बजेटमा शिक्षामा मात्रै ४२ प्रतिशत रकम विनियोजन गरेको थियो।