बलशाली खदम !

बलशाली खदम !

रुकुमपूर्वको पुपाल लेकको पुपाल दहनजिकै भेडाको साँडलाई उठाएर पहलमानी प्रदर्शन गर्दै स्‍थानीय दीपक पुन। मैकोट गाउँ निवासी दीपकलाई आमाले न्‍वारान गरिदिएको नाम हो- खदम। खदम स्‍थानीय युवामाझ बलिष्‍ठ र सुगठित जिउडाल भएका युवामध्‍येमा गनिन्‍छन्‌। तस्‍बिरमा खदमले छिप्‍पल साँडलाई सहजै उचालेको देखिन्‍छ। यसैले पनि ठोकुवाका साथ भन्‍न सकिन्‍छ- यत्तिको जाबो साँडलाई खदमले न्‍वारानदेखिको बल के लाउनुपर्थ्‍यो र !