देउराली माविलाई पाँचौं राष्‍ट्रपति रनिङ शिल्ड

देउराली माविलाई पाँचौं राष्‍ट्रपति रनिङ शिल्ड

रुकुमपूर्व, १२ माघ

जिल्‍लाको पुथा उत्तरगंगा गाउँपालिकाको केन्‍द्र तकसेरामा सञ्‍चालित पाँचौं गाउँपालिकास्‍तरीय राष्‍ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देउराली मावि हुकामले जितेको छ। प्रतियोगिताको सुरुवाती चरणबाटै पदक तालिकामा अग्रता लिएको देउरालीले विभिन्‍न विधाको २८ स्‍पर्धामा १२ स्वर्ण पदक जितेर प्रथम स्‍थान हासिल गरेको हो।

गाउँपालिकामा रहेका ८ वटै मावि सहभागी भएको प्रतियोगिता गएको शनिबारबाट सुरु भई बिहीबार सम्‍पन्‍न भएको हो।

१२ स्वर्णसहित देउराली माविले ५ रजत र ३ काँस्य हासिल गर्दा पुथा हिमालय मावि मैकोटले ७ स्वर्ण, ११ रजत र ४ काँस्य पदक प्राप्‍त गरी दोस्रो स्‍थान ओगट्‍यो। आफ्‍नै घरेलु मैदानमा प्रतियोगिताको समन्‍वय गर्ने मौका पाएको महेन्द्र मावि तकसेराले ६ स्वर्ण, ४ रजत र ७ काँस्य पदक हात पारी तेस्रो स्‍थान लिन सफल बन्‍यो। पर्वत मावि कोलले २ स्वर्ण, २ रजत र ३ काँस्य हासिल गरी तेस्रो स्‍थानमा रहँदा जनसहयोग मावि चारगाउँले १ स्वर्ण, १ रजत र ४ काँस्य हासिल गर्‍यो। जनज्‍योति मावि जाङले २ रजत जित्‍दा सिद्धमण्डली मावि नाखाराङ्‌सीले १ रजत र ५ काँस्य हात पार्‍यो। पदक तालिकाको पुछारमा रहेको आदर्श मावि खाराबाङले १ रजत र २ काँस्य प्राप्‍त गर्‍यो। प्रतियोगितामा कुनै पनि विद्यालय पदकविहीन हुनु परेन।

शिल्‍ड प्रतियोगिताको पाँचौं संस्‍करणसम्‍म आइपुग्‍दा पहिलो संस्‍करण वीरेन्‍द्र माविले जितेको थियो भने पछिल्‍लो तीन संस्‍करण निरन्‍तर जितेर पुथा हिमालय माविले पहिलो शिल्‍ड कब्‍जामा लिएको थियो। आयोजकका अनुसार यही पाँचौं संस्‍करणमा देउराली माविले हात पारेको शिल्‍ड यसै वर्ष तयार पारिएको हो। 

पाँचौं राष्‍ट्रपति रनिङ शिल्‍ड प्रतियोगिता २०८० को पदक तालिका

स्‍थान विद्यालय स्‍वर्ण
Gold
रजत
Silver
काँस्‍य
Bronze
जम्‍मा
देउराली मावि १२ २०
पुथा हिमालय मावि ११ २२
महेन्‍द्र मावि १७
पर्वत मावि
जनसहयोग मावि
जनज्‍योति मावि 
सिद्धमण्‍डली मावि
आदर्श मावि