सलाम छ तिमीलाई !

सलाम छ तिमीलाई ! स्‍व. सीता दाहाल

श्रीमान चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा, न नाक चलायौ
न रवाफ, न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाइकन
आज-
तिमी आफैं चल्‍यौ !
सलाम छ तिमीलाई !

 

(२७ बुधबारका दिन स्‍व. सीता दाहालको नाममा कवि पराजुलीद्वारा प्रकाशित कविता।)