आलुको माला !

आलुको माला ! कृषि अनुगमनको क्रममा आलुको माला लाएर तस्‍बिर खिच्‍दै। तस्‍बिर स्रोत : लीलामणि गौतमको फेसबूक

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुमपूर्वको आयोजनामा शनिबार भूमे गाउँपालिकाको विभिन्‍न स्थानहरूमा संयुक्त अनुगमन गर्ने क्रममा जिल्‍लास्‍थित विभिन्‍न सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्‍थाका प्रमुखहरू आलुको माला लगाएर शनिबार सामूहिक तस्‍बिर लिँदै। अनुगमनमा जिल्‍ला समन्‍वय समितिका प्रमुख मेघबहादुर श्रेष्‍ठ, प्रमुख जिल्‍ला अधिकारी माधवप्रसाद शर्मा, भूमे गाउँपालिका अध्‍यक्ष होमप्रकाश श्रेष्‍ठ, भूमे गाउँपालिका उपाध्‍यक्ष सविना बुढा, जिल्‍ला समन्‍वय अधिकारी रवीन्‍द्र बुढाक्षेत्री, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कार्यालय प्रमुख पीताम्‍बर बस्‍नेत लगायत थिए।

स्‍थानीय कृषि उपजको प्रवर्द्धन गर्ने-गराउने हेतुले स्‍थानीय कृषकहरूद्वारा नै यसखाले कार्यक्रमको आयोजना गरिएको बताइन्‍छ।