५ नाल भरुवा बन्‍दुक बरामद

५ नाल भरुवा बन्‍दुक बरामद बर्जाघारीको ओडारमा बरामद भरुवा बन्‍दुकसाथ प्रहरी।

रुकुमपूर्व, २ असार

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्‍बर १ स्थित ईलाका प्रहरी कार्यालय मैकोटबाट खटिएको प्रहरीको टोलीले सोही गाउँपालिकाकै वडा नम्‍बर ४ को घुन्‍मामा शुक्रबार ५ नाल भरुवा बन्‍दुक फेला पारेको छ।

शुक्रबार बिहान ५ बजेको समयमा घुन्‍मास्‍थित हिमालय लालीगुराँस सामुदायिक वनको बर्जाघारी भन्‍ने स्‍थानको एक ओडारमा सो बन्‍दुक बरामद भएको हो। ईप्रका मैकोटका अनुसार बरामद बन्‍दुक भएको ओडार पुग्‍न मैकोट गाउँबाट पश्‍चिमोत्तरतर्फ ५ घण्‍टा पैदल हिँड्‍नुपर्छ।ओडारमा लुकाइछिपाइ राखिएको बन्दुक निकाल्ने क्रममा प्रहरी। तस्बिर स्रोत : ई.प्र.का. मैकोट

ईप्रका मैकोटका प्रहरी सहायक निरीक्षक श्रीधर खनालको कमाण्डमा ४ जनाको टोली गस्ती गर्दै जाने क्रममा ओडारमा लुकाइछिपाइ राखेको अवस्थामा ५ नाल अवैध भरुवा बन्‍दुक भेटिएको जनाइएको हो।

बरामद बन्‍दुकहरूमध्‍ये एक बेसाबुद र चार साबुद रहेको प्रहरी हवल्‍दार कुलदीप शाहले बताए।