वैशाख १ देखि पालिकाबाटै श्रम स्वीकृति

आगामी वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तह (पालिका) बाट आवेदन दिने व्यवस्था मिलाएको छ।

वैशाख १ देखि पालिकाबाटै श्रम स्वीकृति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासनिक भवन।

काठमाडौं, २१ चैत।

आगामी वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ।

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तह (पालिका) बाट आवेदन दिने व्यवस्था मिलाएको जनाएको हो।

मन्त्रालयले गत बिहीबार विज्ञप्ति जारी गरी स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् आवेदन फारम भर्न सकिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो।

यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सन्‍चालन गरिने मन्त्रालयले जनाएको छ।