पोर्चुगलका नेपालीलाई राहदानी बाँडिने !

राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा टोलीले सेवाप्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।

पोर्चुगलका नेपालीलाई राहदानी बाँडिने !

काठमाडौं, १६ चैत।

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन पुगेको हो।

विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल लगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 

नेपाली राजदूतावास पेरिस (फ्रान्स) का प्रतिनिधि सहितको टोलीले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ। लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो।

राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको बुधबारै दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिसका सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए। 

राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा टोलीले सेवाप्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।

झण्‍डै १ महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट ५ हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ। टोलीले शनिबार बाहेक आगामी अप्रिल २५ सम्म राहदानी लगायतका सेवाप्रवाह गर्ने बताएको छ।